अधिकृत परिवर्तन हुँदैमा कुनै घटनाको अनुसन्धानमा फरक पर्दैन : एसएसपी खत्री

admin

काठमाडौं, १० भदौ : काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र बहादुर खत्रीले अनुसन्धान अधिकृत परिवर्तन हुदैमा कुनै पनि घटनाको अनुसन्धानमा फरक नपर्ने बताउनुभएको छ ।

काठमाडौं परिसरमा सरुवा भएर आएपछि आइतबार पत्रकार सम्मेलन गर्दै खत्रीले नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रभावित नहुने गरि आफुले काम गर्ने बताउनुभयो ।

उहाले कानूनले दिएको अधिकार प्रयोग गरी प्रकरणमा संलग्न सबैलाई छानबिन र अनुसन्धानको दायरामा ल्याउने जिकिर गर्नुभयो । व्यवसायीक रुपमा काम गर्ने क्रममा व्यक्ति, पार्टीले आफुलाई कुनै असर नपार्ने उहाको भनाइ छ । उहाले राज्यले प्रहरी संगठनलाई दिएको अधिकार र दायराभित्र रहेको काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यसैबीच प्रहरीले बुढानिलकण्ठ ४ पासिकोटबाट मेड इन युएसए लेखिएको १ थान पेस्तोल, ९ एमएनको ४ राउण्ड गोलीसहित सुरज श्रेष्ठलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

बिशेष सूचनाका आधारमा पक्राउ परेका सुरज श्रेष्ठ यसअघि पनि बिभिन्न अपराधका घटनामा संलग्न भएको पाइएको एसएसपी खत्रीले बताउनुभयो ।

त्यस्तै प्रहरीले काभ्रे, ललितपुर, भक्तपुर र काठमाण्डौमा रहेका वंगुर फर्महरुबाट वंगुर किन्ने भनि झुक्याई वंगुर लिई फरार हुने व्यक्ति काभ्रे नमोवुद्द न.पा ३ घर भएका वर्ष ३२ को पेमा ध्वज लामालाई पनि पक्राउ गरिएको जनाएको छ ।

प्रतिक्रिया