काठमाडौं, १५ भदौं : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार देशका बाँकी भूभागको एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।