प्रचण्डको सरकार अब धेरै धेरै समय टिक्दैन : केपी ओली

admin

काठमाडौं, १६ भदौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई सरकार धेरै टिक्दैन भन्ने लागिसकेको बताउनुभएको छ ।

एमाले लुम्बिनीको प्रथम अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रचण्डको पछिल्लो समयको अभिव्यक्तिले अब सरकार टिक्दैन भन्ने लागिसकेको बताउनुभएको हो । उहाले एमालेले भने अहिले नै सरकारतर्फ नहेरेको जिकिर गर्नुभयो ।

ओलीले देश बनाउने परिस्थीति बनेमात्रै सरकारमा जाने एमालेको नीति रहेको बताउनुभयो । प्रचण्डले एमालेमा पहिरो जान्छ भन्ने अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले आफ्नो पार्टी कच्चा माटोको ढिस्को नभएको बताउनुभयो ।

अध्यक्ष ओलीले यति , वाइडबडी लगाएतमा छानविन गरे सत्तामा रहेकाहरु नै जेल पर्ने दावी गर्नुभयो । उहाले ८४ को निर्वाचनमा अरु सवै मिले पनि एमाले एक्लैको बहुमत हुने अभियानमा लागेको उल्लेख गर्नुभयो ।

त्यस्तै उहाले विरोधीहरुलाई देखाउनका लागि पनि एकतावद्ध भएर जान जरुरी रहेको बताउँदै लुम्बिनीमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया