काठमाडौं, १७ भदौं : कोशी प्रदेश नामकरण विरुद्ध काठमाडौंमा बसोबास गर्दै आइरहेका किराँत समूदायले विरोध स्वरुप किरात थाक्थुङ चुम्लुङको स्थापना दिवस मनाएका छन् ।
ललितपुरको जावलाखेलमा उनीहरुले प्रदेशको नाम कोशी खारेज गनुपर्ने, ऐतिहासिक पहिचानका आधारमा लिम्वुवान किरात कायम गर्नुपर्ने भन्दै सडकमा नै किरात थाक्थुङ चुम्लुङको ३५ औै स्थापना दिवस मनाएका हुन् ।
सांस्कृतिक पहिचानसहित भेला भएका उनीहरुले १ नंवर प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने मुख्य माग रहेको जनाएका छन् । राज्यले आफुहरुमाथि बिभेदकारी नीति लिएको र पहिचान मास्ने काम गरेकाले लोकसांस्कृतिक बाजासहित बाध्य भएर स्थापना दिवस मनाउनुपरेको उनीहरुले बताएका छन् ।
त्यस्तै उनीहरुले पहिचानका आधारमा प्रदेशको नामाकरण नभए आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । प्रदर्शनमा सहभागीहरुले कोशी नाम खारेज गर, सवैखाले विभेदकारी कानूनहरु खारेज गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।