सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

admin

काठमाडौं, १८ भदौं : आज सोमबार सुनचाँदीको भाउ बढेको छ। आइतबार प्रतितोला १ लाख १२ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज सोमबार तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजारमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ८ सय ८० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार ४ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ५६ रुपैयाँ कायम गरेको छ।

प्रतिक्रिया