काठमाडौं, १९ भदौं : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले देशका सबै भूगोल र समुदायलाई समेटेर मात्रै कानुन निर्माण गर्ने काम नभए भ्रष्टाचारको अन्त्य गरी मुलुकलाई सुशासनको बाटोमा हिँडाउनसक्ने अवस्था नरहेको बताउनुभएको छ ।
मङ्गलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले देशको भूगोललाई हेरेर, त्यहाँ बसोबास गरेका सबै समुदायलाई समेटेर मात्रै सांसदहरूले कुनै पनि कानुनको निर्माण र संशोधन गर्नुपर्ने बताउनुभयो । मन्त्री देवीले सरकारबाट भएको कमजोरी सच्याउनका लागि पनि सांसदहरूले सरकारलाई आवश्यकता अनुसार सचेत गराउनुपर्ने बताउनुभयो ।
उहाँले मुलुकमा सुशासन कायम गर्नका लागि सांसदहरूले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभएको हो । एकअर्कालाई दोषारोपण गरेर मुलुकमा सुशासन कायम नहुने भएकाले त्यस्ता खालका कारबाहीमा दलहरूले समय खर्च गर्न नहुने पनि बताउनुभयो ।
बैठकमा सांसद दुर्गा राईले आफ्नो संस्कृति अनुसारको पर्व मनाउन गाई गोरु बध गर्न पाउने कानुन बनाउन माग गर्नुभयो । उहाँले लिम्बूको संस्कृति मनाउनका लागि गोरुको हड्डी चढाउनुपर्ने परम्परा रहेको बताउँदै त्यस्ता संस्कृति मनाउनेहरूका लागि गाई गोरु बध गर्न पाउने कानुन बनाउनुपर्ने बताउनुभयो ।
उहाँले राज्यको कुनै धर्म नहुने बताउँदै नेपालको राष्ट्रिय जनावर नै परिवर्तन गर्नपनि माग गर्नुभयो । लागि आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पहिलो र दोस्रो विश्वयुद्धका साथै ब्रिटिशको तर्फबाट लडिएका प्रत्येक युद्धमा अग्रमोर्चामा रहेर देशको रक्षा, विस्तार र सेवामा समर्पित गोर्खालीहरूलाई सरकारले न्यायको प्रत्याभूति दिलाउन नसकेकोमा दुख व्यक्त गर्नु भयो ।
उहाले यो विषय सबै नेपालीहरूको लागि गम्भीर सरोकार र चुनौतीको विषय बनिरहेको उल्लेख गर्नुभयो । उहाले गोर्खालीहरूले ब्रिटिस राज्यको हितको पक्षमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरे पनि ब्रिटिस सेनामा भर्ती भएका नेपालीहरूलाई तलब, सेवा सुविधा, पेन्सन लगायतका विषयमा समान व्यवहार हुन नसकेकोले कुटनीतिक माध्यमबाट समाधान खोजिने बताउनुभयो । सरकारले अहिले भारत र बेलायतसँग यस बारेमा आवश्यक छलफल गर्ने काम गरिरहेको जानकारी दिनुभयो ।