नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

admin

काठमाडौं, २० भदौं : एसिया कप क्रिकेट खेल्न गएको नेपाली टोली आज बुधबार स्वदेश फर्कदैछ।

विश्वकप बिजेता टोली भारत र पाकिस्तानसँग ऐतिहासिक प्रतिस्पर्धा गरेको नेपाली टोली आज मध्यान्ह १२ः३० बजे स्वदेश फर्किन लागेको हो । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सो टोलीको भब्य स्वागत गरिने छ ।

समूह ए मा रहेको नेपाल पाकिस्तान र भारत दुबैसँग पराजित हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिए पनि पहिलो पटक विश्वविजेता टोलीसँग उत्कृष्ट प्रदर्शन गरेर विश्वको ध्यान नेपालतर्फ आर्कषित गर्न सफल भएको थियो ।

पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रन तथा दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भए पनि नेपालले यो स्तरको प्रतिस्पर्धामा आफुलाई उभ्याउनु आफैमा ऐतिहासिक भएको क्रिकेटरहरुले जनाएका छन ।

प्रतिक्रिया