कांग्रेसका सहमहामन्त्री यादवमाथि खुकुरी हान्ने सापकोटा पक्राउ

admin

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका-७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटा रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।

ढुंगेलका अनुसार उनी आफूलाई अभियन्ता भन्ने गर्छन् । कांग्रेस नेता यादवलाई भने ट्रमा सेन्टरमा लगिएको छ । पूर्वमन्त्री समेत रहेका यादव रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रमबाट बाहिरिएपछि सापकोटाले खुकुरी प्रहार गरेका थिए ।

प्रतिक्रिया