चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झा नियुक्त

admin

काठमाडौं, २१ भदौं : सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झा नियुक्त गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

यसअघि आयोगको उपाध्यक्षको नाम सिफारिस गर्न गठित सिफारिस समितिले आयोगको उपाध्यक्ष नियुक्तिका लागि डा. अञ्जनीकुमार झा, डा. प्रविण मिश्र र डा. श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको थियो ।

बैठकले शिक्षा ऐन संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ भने स्वास्थ्य क्षेत्रको लैङ्गीक समानता सामाजिक समावेशीकरण रणनीति २०८० स्वीकृत गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

बैठकले तेजाव तथा अन्य रसायनीयक घातक पदार्थ नियमन नियमावली २०८० स्वीकृत गरेको छ, संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धी विधेयक २०८० संसदमा पेश गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताउनुभयो । त्यस्तै बैठकले निजामती सेवा दिवसका अवसरमा ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया