तेश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड मलेशियामा हुने

admin

काठमाडौं : तेश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड मलेशियामा हुने भएको छ । नेपाली गीत संगीत, चलचित्र तथा फेशनलाई अन्तराष्ट्रिय बजारमा पु¥याउने उदेश्य सहित यसपटक यो अवार्ड मलेशियामा आयोजना गर्न लागेको आयोजक संस्थाका अध्यक्ष एवम् चलचित्र÷म्युजिक भिडियो निर्देशक उमेश गुरुङले जानकारी गराएका छन् ।

मलेशियामा यो अवार्डको आयोजक टोलीको सल्लाकारमा पूर्ण सुब्बा योङहाङ रहेका छन् । अवार्डको मलेशिया आयोजक टिममा एनआरएन मेलेसिया युवा सँयोजक राजु तामाङ, पत्रकार इश्वर राई रहेका छन् । मलेशियाको जोहरबारुमा यो अवार्ड आगामी २६ कात्तिकमा लक्ष्मीपुजाको दिन हुने मलेशियाका अवार्ड आयोजक समितिका सल्लाहकार पूर्ण सुब्बा योङहाङले बताएका छन् ।

अवार्ड आयोजनाबारे योङहाङले भने,‘हामी बृहत रुपमा अवार्ड सम्पन्न गर्न जुटिरहेका छौं । दुई दिन भित्रै जोहरवारुमा अवार्ड आयोजक समिति गठन गरेर सो समिति एक्सनमा उत्रने छ ।’ अवार्ड समारोहमा मलेशियामा रहेर गीत संगीत, सामाजिक कार्य तथा विभिन्न क्षेत्रमा योगदान दिएका नेपालीहरुलाई पनि विशेष योगदान सम्मान गरिने समेत सल्लाहकार पूर्ण सुब्बा योङहाङले जानकारी गराए । मलेशियामा रहेका नेपालीहरुबीच तिहारको शुभकामना आदन प्रदान सहित यो अवार्ड गरिने पनि उनले बताए ।

यस्तै अर्का आयोजक राजु तामाङले मलेशियामा यस अघि लुकीचोरी अवार्ड हुने गरे पनि यसपटक आफुहरुले बैधानिक रुपमा यो अवार्ड आयोजना गरिने बताए । अर्का आयोजक इश्वर राईले अवार्डमा मलेशियामा रहेका प्रतिष्ठित नेपालीहरु अतिथिको रुपमा रहने र एनआरएन मलेशियाका पदाधिकारीको पनि अवार्ड आयोजना गर्नमा ठुलो साथ र सहयोग रहने बताएका छन् ।

यता काठमाडौंमा बिहिबार एस पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक पक्षले अवार्डबारे जानकारी दिएको छ । अवार्डका लागि बिहिबारबाटै फारम खुला गरिएको पनि आयोजक उमेश गुरुङले पत्रकार भेटघाटका क्रममा जानकारी गराए । उनका अनुसार आगामी ११ असोजसम्म यो अवार्डमा सहभागी हुन चाहनेले फारम भरिसक्नु पर्ने छ । आगामी असोज १५ मा अवार्डको मनोनयन सार्वजनिक गरेर मनोनयनमा परेकाहरुका लागि मलेशिया जाने प्रकृया सुरुगर्ने पनि उनले जानकारी गराए ।

अवार्डको लागि यसपटक पनि गीत संगीत, चलचित्र, फेसन, मोडलिङका विभिन्न विधामा फारम भरेर सहभागी हुन पाईने पनि गुरुङले जानकारी गराए । जसमा २०७९ साउनबाट २०८० भदौ अन्तिमसम्म सार्वजनिक भएका गीत संगीत, चलचित्र, म्युजिक भिडियो, फेशन, मोडलिङ विधाका श्रष्टाहरुले अवार्डमा सहभागी हुन पाउने पनि गुरुङले जानकारी गराएका छन् ।

प्रतिक्रिया