सगरमाथा म्युजिक अवार्ड २०८० को उत्कृष्ट पाँच सार्वजनिक

admin

काठमाडौं  : सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० को उत्कृष्ट पाँच सार्वजनिक भएको छ ।

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेका अवार्डमा ३२ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो ।

जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । टोखा नगरपालिकासंगको सहकार्यमा हुन लागेको यस अवार्डमा ज्योति विकास बैंक प्रस्तुतकर्ता रहेको छ भने सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ ।

यस अवार्डमा राष्ट्रिय, चलचित्र, पप– आधुनिक र लोक दोहोरी विधामा कलाकर्मीहरुले सहभागी जनाएका छन् । अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक
मनोज थापाले जानकारी दिए ।

पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० मा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिएका छन् । खल्ती एप मार्फत भोट गर्न सकिने छ ।

प्रतिक्रिया