काठमाडौं, २७ भदौं : जिल्ला अदालत सुनसरीले आफ्नै अनुयायीमाथि बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरिलाई सफाइ दिएको छ।
न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले गिरिको अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ पाउने फैसला सुनाएको हो। यसअघि उच्च अदालतले उक्त फैसला पुनर्विचार गर्न भनी जिल्लामै फर्काएको थियो।