Home

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान

admin

काठमाडौं, ३० भदौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गुरेका छन्।

उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ संयुक्त राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठसहित मन्त्रिपरिषद् सदस्य र विशिष्ट व्यक्ति पुगेका थिए।

आगामी असोज ४ गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया