प्रदेशमा भएकाे अस्थिरताले प्रदेशवासीमा वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की

admin

काठमाडौं, ३ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशमा भएका अस्थिरताका कारण सिंगो प्रदेशबासीमा वितृष्णा पैदा भएकोे बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा बुधबार बिराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघियता कार्यान्वयनका लागि सहमति र सहकार्य गर्नुको विकल्प नभएको समेत बताउनुभयो ।

आवश्यक कानुनको अभावमा संघियताको मर्म र भावना अनुसार काम हुन नसकेकाले संघियता कार्यान्वयनका लागि कानुन निर्माणमा जोड दिनुपर्ने उहाले बताउनुभयो । कोशी प्रदेशका राजनैतिक, आर्थिक र सामाजिक समस्या निराकरणका लागि प्रदेश सभामा रहेका राजनैतिक दलहरु बीच सहमति र सहकार्य आवश्यक रहेको उहाको भनाइ छ ।

कार्यक्रममा संविधान कार्यान्वयनको अवस्था, चुनौती र समाधान विषयक निवन्ध प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई नगद र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, उपसभामुख, प्रदेश सांसद, उच्चपदस्थ कर्मचारीहरु, सुरक्षाकर्मीहरु, विद्यार्थी लगाएतको उपस्थीति रहेको थियो ।

 

प्रतिक्रिया