आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

admin

काठमाडौं, ४ असोज : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा बिहीबार मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

प्रतिक्रिया