क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी

admin

काठमाडौं, ६ असोज : नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् ।

शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् ।

कुल ८५ मतदाता रहेकामा ७५ मत गनिसक्दा पारसले जितका लागि आवश्यक ४३ मत पाएका हुन् । पारसल् ४३ मत पाउँदा प्रशान्तले ३२ मत पाएका छन् ।

पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् ।

प्रतिक्रिया