काठमाडौं, ७ असोज : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले समावेशीकताको बिषयमा नेपाल निकै अगाडी रहेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा नेपाल मुस्लिम संघको तेश्रो केन्द्रिय महाधिवेशन उद्घाटन गर्दै देउवाले भारतमा भर्खरै मात्र महिला सहभागीता सुनिश्चित गरेको अवस्थामा नेपालले यसअघि नै समावेशीसहितको संविधान जारी गरिसकेको बताउनुभएको हो ।
उहाले राष्ट्रिय सहमति कायम गर्न सके सवै जातजातीका लागि समावेशी सहभागीता बढाउन सकिने जिकिर गर्नुभयो । देउवाले नेपालमा जात भन्दा पनि व्यक्तिलाई हेरेर भोट दिने गरेको भन्दै निर्वाचनमा योग्य भएर राज्यको बिभिन्न निकायमा सहभागीता जनाउन सकिने उल्लेख गर्नुभयो ।
त्यस्तै उहाले नेपालमा मुस्लिम समूलायले सदियौदेखि राष्ट्रहितमा काम गरेकाले मुस्लिम संघले पनि मुलुकको हितमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल मुस्लिम संघले सभापति देउवालाई अभिनन्दन गरेको थियो ।