पूर्वराजा शाहद्वारा तलेजु भवानीको दर्शन

admin

काठमाडौं, ७ असोज : पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ ।

आइतबार भक्तपुर पुगेर पूर्वराजा शाहले तलेजु भवानीको दर्शन गर्दै दरबार क्षेत्रको अवलोकन गर्नुभएको हो । पूर्वराजा शाहले भक्तपुर पुग्दा स्थानीयहरुले राष्ट्रिय झण्डासहित स्वागत गरेका थिए ।

त्यस्तै स्थानीयहरुले सांस्कृतिक बाजागाजा समेत प्रस्तुत गरेका थिए । पूर्वराजालाई स्वागत गर्दा राजसंस्था समर्थकहरुले राजा आऊ देश बचाउ, राजसंस्था जिन्दावाद लगाएतका नारा लगाएका थिए ।

प्रतिक्रिया