राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जानकी मन्दिरमा पुजाअर्चना

admin

काठमाडौं, ८ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गर्नुभएको छ ।

सोमबार राष्ट्रपति पौडेलले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै सीता माताको माइतीघर दर्शन, अखण्ड कीर्तन दर्शन एवं प्रसाद ग्रहण गर्नुभयो ।

राष्ट्रपति पौडेललाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गर्नुभएको थियो । सो अवसरमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि लगाएत सहभागी हुनुभएको थियो ।

राष्ट्रपति पौडेल जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको उद्घाटन गर्न जनकपुर पुग्नुभएको हो ।

प्रतिक्रिया