भक्तपुरको सिद्धपोखरीमा भक्तजनको घुइँचो

admin

काठमाडौं, १२ असोज : भाद्र शुल्क पूर्णिमाको अवसरमा शुक्रबार भक्तपुरको तीर्थस्थल इन्द्रदह(सिद्धपोखरी)मा भक्तजनको घुइँचो लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ ठूलो मेला लाग्छ ।

इन्द्रजात्राको दिन साँझ खौमास्थित इन्द्रायणी देवीलाई बाजागाजा सहित इन्द्रदह पु¥याएर तान्त्रिक विधिपूर्वक पूजा र भोगबलि चढाउन रातभर त्यही परम्परा छ ।

त्यही विधिअनुसार बिहीबार साँझ इन्द्रायणी देवीलाई इन्द्रदह पु¥याएइको थियो । शुक्रबार बिहानै इन्द्रदहमा नुहाएर इन्द्रायणी देवीको दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

इन्द्रदहलाई देवराज इन्द्रले स्नान गरेको दहको प्रतीकको रूपमा लिइन्छ । यहाँ स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरे ठूलो पूण्य प्राप्ति हुनुका साथै पारिवारिक सुःख समृद्धि मिल्ने विश्वास रहेको स्थानीय गुठियारहरुको भनाइ छ ।

इन्द्रदहमा वासुकी नागको बसोबास समेत रहेको विश्वास गरिन्छ । त्यसैले अनावृष्टि भएको बेला भक्तपुरका स्थानीय बासिन्दाले इन्द्रदहमा तान्त्रिक विधिले वासुकी नागको पूजा गर्छन् । मल्लकालमा गंगा महारानीले इन्द्रायणीको खट जात्रा गर्ने चलन चलाएको मानिन्छ ।

प्रतिक्रिया