नेसनल प्याब्सनमा दुई अध्यक्ष

admin

काठमाडौं, १४ असोज : निजी विद्यालयहरुको छाता संगठन नेसनल प्याब्सनमामा विवाद चुलिएको छ ।

सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष पाण्डब हमाल रहेको नेसनल प्याब्सनमा सहअध्यक्ष सुवास न्यौपानेले पनि आफू अध्यक्ष रहेको दावी गर्दै शनिबार पद बहाली गरेको छ ।

नेपालगन्जमा सम्पन्न सातौं महाधिवेशनमा गरिएको सहमति अनुसार नै न्यौपाने अध्यक्ष बनेको दाबी गरेता पनि हमालले भने सहमति गरेको दस्तावेजलाई भोलिपल्टनै २४ गते अर्को बैधानिक प्रमाण निर्वाचन प्रमुख अधिकारीद्वारा प्राप्त रहेको हुँदा यहि असोज १० गते नेपालगन्जको केन्द्रिय समितिको पुर्ण बैठकले संगठानिक निर्णय गरी अपिल समेत जारी गरिसकेको हुँदा सदस्यहरुको बहुमत निर्णयलाई उलंघन गरी एकल रुपमा घोषण गरेकोले अबैधानिक रहेको जिकिर गरेकोछ ।

प्रतिक्रिया