दोलखामा थप चार किलो सुन बरामद

admin

काठमाडौं, १४ असोज : दोलखामा आज प्रहरीले थप ४ किलो सुन बरामद भएको छ ।

दोलखाको विगु गाउँपालिका वडा नम्बर एक लामाबगरमा ढुङगा माटोले छोपि राखेको अबस्थामा फेला परेको चार किलो सुन बरामद गरेको इलाका प्रहरी कार्यालय सिंगटी दोलखाका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चिनसँगको सिमाना रहेको लामाबगरमा जिल्ला प्रहरी कार्यालय र (सिआइबी)को विशेषज्ञ टोलीले सुन बरामद गरेको हो । चिन बाट अवैध रुपमा भित्रिएको सुन लुकाएको आशंकामा सिआइबी र दोलखा प्रहरीले खोजतलास गरिरहेको छ ।

आज फेला परेको चार किलो सुन सहित जिल्लाबाट प्रहरीले ११ केजी सुन बरामद गरिसकेको छ । सो सुन प्रकरणमा हालसम्म ७ जना पक्राउ परेका छन् ।

आज मात्रै एक जना पक्राउ परेका छन् । सो सँगै पक्राउ पर्नेको संख्या ७ पुगेको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार विगु गाउँपालिका वडा नम्बर १ का ३० वर्षका चसमान तामाङ आज पक्राउ परेका छन् ।

प्रहरी टोलीले आज लामाबगरबाट तामाङलाई नियन्त्रणमा लिएको दोलखाका प्रहरी नायब उपरीक्षक दिपक खड्काले जानकारी दिनुभयो । यसअघि शुक्रबार काठमान्डौबाट राज तामाङ पक्राउ परेका छन् भने अन्य पाँच जना दोलखाबाटनै पक्राउ परेका छन् ।

विगु गाउँपालिका ३ जामुनेको एक घरबाट बुधबार चार किलो, शुक्रबार ३ किलो र आज चार किलो गरि ११ किलो सुन प्रहरीले बरामद गरेको छ ।

दोलखाको उत्तरी नाकाबाट भएको सुन तस्करीमा ठूलै गिरोह संलग्न रहेको देखिएपछि अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को विशेषज्ञ टोली दोलखामा खटिएको छ ।

सो टोलीले बरामद सुनको अनुसन्धान गर्ने छ । सुन बरामद सँगै चिन सँग जोडिएका उत्तरी नाकामा कडाई गरिएको दोलखा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया