काठमाडौं, १४ असोज : नेकपा (माओवादी केन्द्र)ले आगामी निर्वाचनमा एक्लै चूनाव गर्ने गरि तयारी गरिरहेको जनाएको छ ।
आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता अग्नि सापकोटाले आगामी निर्वाचनमा माओवादीले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने गरि तीन महिने अभियान सञ्चालन गरिरहेको बताउनुभएको हो ।
उहाले समानुपातीकतर्फ आएको मत कम भएको अवस्थामा अभियानका क्रममा दोव्वर भन्दा मत बढाउने विश्वास पैदा भएको बताउनुभयो ।
सापकोटाले अभियानकै क्रममा विधान सम्मेलनमा विधि विधान र पद्धती लगाएतमा बहस गर्ने र त्यसपछि बिशेष महाविधेशन आयोजना गर्ने जानकारी दिनुभयो ।
माओवादीको सुदृढीकरण अभियान पनि सफल हुँदै भन्दै उहाले पार्टीमा पनि आकर्षण बढेको जिकिर गर्नुभयो ।
सापकोटाले माओवादी नेतृत्वको सरकार मुलुकमा देखिएका समस्या समाधान गर्दै अघि बढेको बताउनुभयो ।
सरकारले मुलुक र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको उहाको भनाइ छ । प्रवक्ता शर्माले प्रधानमन्त्रीको चीन भ्रमणपछि नयाँ स्तरमा सम्बन्ध अघि बढेको जिकिर गर्नुभयो ।