यी प्रदेशमा आज हल्कादेखि मध्यम वर्षा

admin

काठमाडौं, १५ असोज : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा सोमबार बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा समेत हुनसक्नेमहाशाखाले जनाएको छ। राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै मंगलबार र बुधबार पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया