प्रमुख दलको विदेश सम्बन्ध सत्ता केन्द्रित छः अध्यक्ष लिङ्देन

admin

काठमाडौं, १६ असोज : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्दनले मुख्य पार्टीहरुको विदेशसम्बन्ध सत्ता केन्द्रीत रहेको आरोप लगाउनुभएको छ ।

राप्रपा अन्तराष्ट्रिय सम्बन्ध विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र नीति विगत, वर्तमान र भविष्य बिषयक विचार गोष्ठिमा लिङ्दनले सत्ताका लािग जे पनि सम्झौता गर्ने र विदेशीहरुको साथ समर्थन नभए सत्तामा पुग्न नसक्ने भन्दै मुख्य पार्टीहरुको विदेशसम्बन्ध राख्ने गरेको बताउनुभयो । उहाले नेपालको भूराजनीतिक अवस्था अहिले सामान्य अवस्थामा नरहेको उल्लेख गर्नुभयो ।

उहाले सत्तापक्षीय कमजोरीका कारण प्रतिष्पर्धाको शिकार नेपाल बन्न सक्ने खतरा रहेको औल्याउनुभयो । नेपालले विश्वसमूदायसंगको सम्बन्धमा बारेमा ठोस अवधारणा बनाउन जरुरी रहेको उहाको भनाइ छ ।

लिङ्देनले पार्टीको नभई देशको परराष्ट्र निति हुनुपर्ने बताउनुभयो । उहाले एकदेशसंगको सम्बन्धले अर्को देशलाई असर नपर्ने ढंगले अघि बढ्नुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया