सरकारले चाडपर्वको बेला हुनसक्ने कालोबजारी रोक्न अनुगमनलाई तीव्रता दिने

admin

काठमाडौं, १६ असोज : सरकारले आसन्न चाडपर्वको बेला हुनसक्ने कालोवजारी र अस्वभाविक मूल्यबृद्धि रोक्नका लागि बजार अनुगमनलाई तीव्रता दिने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खाद्य तथा गैर खाद्य बस्तुहरुको बिक्रिबितरणको अवस्थाबारे नियमित बजार अनुगमन गरि दोषी पाइए कारवाही गर्न सम्बन्धीत निकायलाई निर्देशन दिएको हो । बैठकले चाडपर्व लक्षित खाद्य बस्तुहरुको बिक्रि बितरणका लागि सार्वजनिक निकायहरुलाई सूपथ मूल्य पसल स्थापना गर्न पनि निर्देशन दिएको छ ।

त्यस्तै बैठकले चाडपर्वको बेला उच्च माग हुने बस्तुहरुको कृतिम अभाव सिर्जना गरि अस्वभाविक मूल्यबृद्धि कालोबजारी, अखाद्य बस्तु मिसावट गरि गुणस्तरहिन तवरले बिक्रि बितरण गर्ने अनुुचित कार्यहरु नगर्न र नगराउन सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई ध्यानाकर्षण गराउने निर्णय पनि गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

बैठकले सामाजिक सञ्जाललाई मुलुकको हितलाई ध्यानमा राखेर मर्यादित तवरले प्रयोग गर्न अपिल पनि गरेको उहाले बताउनुभयो । सामाजिक सञ्जालमा आधारहित कुरा, जातिय भेदभाव दुरुत्साहन, शान्ति सुरक्षा भंग हुने खालको सामाग्री प्रकासन नगर्न आग्रह गरिएको उहाले बताउनुभयो ।

बैठकले विशेष अदालतसम्बन्धी नियमावली २०८० स्वीकृत गर्ने र निर्माणजन्य सामाग्री व्यवस्थापन तथा नियमन, विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने गरेको छ भने सहीद दशरथचन्द स्वास्थ्य बिज्ञान विश्वविद्यालयसंगसबन्धीत बिधेयक पनि संघीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय गरिएको प्रवक्ता शर्माले बताउनुभयो ।

प्रतिक्रिया