नेपालगञ्जको कर्फ्यु यथावत्

admin

काठमाडौं, १७ असोज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मंगलबारदेखि जारी गरिएको कर्फ्यू यथावत् रहेको छ ।

कर्फ्यूसंगै सो क्षेत्रका अवस्थामा सामन्य बन्दै गएको छ । स्थानीय प्रशासनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच झडप भएको भन्दै नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै किसिमको सामग्री प्रचारप्रसार नगर्न/नगराउन अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सद्भावको सहरका रुपमा रहेको नेपालगञ्जको गरिमालाई कायम राख्न राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, आम नागरिकले आफ्ना क्षेत्रबाट शान्ति स्थापनामा योगदान पुर्याउनसमेत आग्रह गरेको छ ।

यसअघि मंगलबार दुईसमूदायबीच हिंसात्मक झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

प्रतिक्रिया