काठमाडौं, १७ असोज : सरकारले फागुन १ गतेको सार्वजनिक बिदा दिने निर्णयबाट पछि नहट्ने प्रस्ट पारेको छ ।
प्रतिनिसभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले तत्कालीन माओवादीले सशस्त्र द्वन्द्व सुरु गरेको दिन दिइएको बिदा फिर्ता लिन सरकारसँग माग गरेका थिए ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले फागुन १ गतेको बिदा खारेज नहुने बताएकी हुन् ।
उनले यसअघिको एमाले गठबन्धन सरकारकै पालामा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय भएको समेत बताइन् ।
प्रवक्ता शर्माले नेपालगन्जमा भइरहेको विवाद साम्य पार्ने प्रयास भइरहेको जानकारी दिइन् ।