देशभित्रै सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिनुपर्छ : अर्थमन्त्री डा. महत

admin

काठमाडौं, १८ असोज : अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिदो अवस्थालाई मध्यनजर राखेर देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन सुझाव दिनुभएको छ ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको सिपमूलक तालिमका सम्भावना र योजना विषयक नीतिगत छलफल कार्यक्रम मन्त्री डा. महतले सरकार, गैरसरकारी र निजी क्षेत्रलाई एकमुष्ठ बनाएर देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन सुझाव दिनुभएको हो ।

नेपालमै रोजगारी सिर्जना गर्नु राष्ट्रिय महत्वको विषय भए पनि यसको आलोचना र समालोचना दुवै हुने गरेको मन्त्री डा. महतले बताउनुभयो । बदलिदो परस्थितिअनुसार अहिलेको माग र आवश्यकताका आधारमा यस क्षेत्रमा अघि बढ्नुपर्ने उहाले बताउनुभयो ।

उहाले निश्चित समयावधिलाई मध्यनजर राखेर पाठ्यक्रम बनाएर तालिम दिन सकिए दक्ष कामदार उत्पादन गर्न सकिने धारणा राख्नुभयो । उहाले देशभित्रै ठूलो संख्यामा मानव संसाधनको अभाव खड्किरहेको भए पनि हरेक मानिसलाई विकल्प रोज्ने अधिकारबाट बन्चित गरिनु नहुने बताउनुभयो ।

प्रतिक्रिया