आममाफी दिएर अपराधीलाई रिहा गर्दा आर्थिक चलखेल हुने गरेको गगन थापाको दाबी

admin

काठमाडौं, १८ असोज : नेपाली कांग्रेसका सांसद गगन थापाले आममाफी दिएर अपराधीलाई रिहा गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको बिशेष समयमा थापाले गम्भीर अपराधमा दोषी देखिएकालाई आममाफीका नाममा रिहाइ गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको बताउनुभएको हो ।

उहाले आममाफी दिने क्रममा केहीलाई कानूनी छिद्र खोजेर पनि उन्मुक्ति दिएको र गम्भीर अपराधमा दोषी ठहर भएकालाई कैद मिनाहा गरिएको उहाको भनाइ छ ।

उहाले कानून छिद्रमा टेकेर हुने यस्ता घटनालाइ रोक्न कानूनलाई आवश्कता अनुसार परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।

थापाले अहिलेको कानूनका कारण समस्या भएको भन्दै यसलाई सच्चाउनुपर्ने र राष्ट्रपतिलाई बद्नाम हुनुबाट रोक्नुपर्ने बताउनुभयो । उहाले कानून छिद्रमा टेकेर भएका गलत निर्णयका बारेका सरकारले सदनमा जवाफ दिनुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया