शीतल निवास अगाडि प्रदर्शन गर्ने मानव अधिकारकर्मी पक्राउ

admin

काठमाडौं, २२ असोज : राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्नुपर्ने भन्दै शितल निवास अगाडी पैदर्शन गर्ने मानवअधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न र कैद माफी गर्दा तलदेखि माथिसम्म भएको संभावित आर्थिक चलखेलबारे गहिरो छानविन गर्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीले मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी लगाएतलाई नियन्त्रणमा लिएको हो ।

विरोध प्रदर्शनमा सहभागीहरुलेन्यायको सार्वभौम मान्यता विपरित माफी मिनाहाको घोषणा किन ?, लोकतान्त्रिक गणतन्त्रप्रति आस्था बढाउने कि वितृष्णा फैलाउने?, कैद माफी मिनाहाको नाममा राज्यबाट भइरहेको अपराधको पर्दाफास गरौँ, हत्या हिंसा महिमामंडन गर्न पाइदैँन लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया