नेपालमा ५० वर्षमाथिका २० प्रतिशत व्यक्तिको दृष्टि कमजोर

admin

काठमाडौं, २३ असोज : नेपालमा ५० बर्षभन्दा माथिका जनसंख्याको २० प्रतिशत जनसंख्यामा दृष्टि कमजोर रहेको पाइएको छ ।

विश्व दृष्टि दिवसका सन्दर्भमा मंगलबार काठमाडौंमा गरेको एक कार्यक्रमको आयोजना गर्दै तिलगंगा आँखा प्रतिष्ठानले पछिल्लो अनुसन्धान अनुसार नेपालमा ५० बर्षमाथिका २० प्रतिशतमा दृष्टि कमजोर पाइएको जनाएको हो ।

त्यस्तै दृष्टिबिहिन गराउने रोगहरुमा मोतिविन्दु नै पहिलो कारण रहेको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा चिकित्सकहरुले चश्माको जाँच तथा प्रयोग प्रयाप्त नहुनाले गर्दा दृष्टिदोष मुख्य समस्याका रुपमा रहेको समेत जानकारी दिएका छन् ।

पुरुषको तुलनामा महिला दृष्टि बिहिनता बढेको र नेपालको अपाङ्गताहरुमा दृष्टिगत अपाङ्गता मुख्य रहेको तिलंगगा अस्पतालका डा सृजना अधिकारीले बताउनुभयो । ५ जना दृष्टिबिहिन बालबालिका मध्ये उपचार पाए ४ जनाको दृष्टि फिर्ता ल्याउन सकिने भएपनि समयमा नै उपचार हुन नसकेको उहाले बताउनुभयो ।

त्यस्तै तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ नेत्र विशेषज्ञ डा रिता गुरुङले अहिले मुलुकभरका स्वास्थ्यसंस्थामा आँखा सम्बन्धी चिकित्सकहरुको कमी नभएको बताउनुभयो ।

अक्टोबर महिनाको दोेश्रो विहिबारका दिनलाई आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै प्रतिष्ठानले विश्व दृष्टि दिवस मनाउदै आएको छ । यस वर्षको विश्व दृष्टि दिवस “कार्यस्थलमा आँखालाई माया गरौं” भन्ने नारा सहित मनाइदै छ ।

प्रतिक्रिया