सुन्धाराको गेस्ट हाउसमा युवती मृत फेला

admin

काठमाडौं, २३ असोज : काठमाडौंको सुन्धारास्थित एक गेष्ट हाउसमा युवती मृत फेला परेकी छन् ।


सुन्धरास्थित श्री गुरु गेस्ट हाउसमा ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत मृत फेला परेकी प्रहरीले जनाएको छ ।

उनको शवसँगै विषादीको बट्टासमेत फेला परेको छ । राउतको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया