इजरायलमा नेपालीको उद्धारमा सरकार गम्भीर : परराष्ट्र मन्त्रालय

admin

काठमाडौं, २४ असोज : परराष्ट्र मन्त्रालयले गम्भीरताका साथ इजरायलमा रहेका नेपालीको उद्धारमा सरकार लागेको जनाएको छ ।

बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले इजरायलमा रहेका नेपालीको विवरण संकलन भइरहेको र उद्धारमा समेत सरकार गम्भीरतापूर्वक लागेको जानकारी दिनुभयो ।

उहाले इजरायलमा घाइते भएकाहरुको उपचार भइरहेको र द्वन्द्व क्षेत्रमा रहेका विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लगिएको बताउनुभयो । उहाले सम्पर्कविहिन बनेका बिपिन जोशीको खोजीका लागि पहल गरिरहेको उल्लेख गर्नुभयो ।

प्रवक्ता शर्माले इजरायलमा ज्यान गुमाउने नेपालीहरुको अव प्रोटोकल पुरा गरेर छिटो ल्याउनका लागि पनि आवश्यक पहल भइरहेको जानकारी दिनुभयो ।

हाल मृतकको शव इजरायल सरकारको संरक्षणमा राखिएको उहाले बताउनुभयो । उहाले इजरायलको व्यवसायीक उडानमार्फत नेपाल फर्किन चाहनेलाई सहजिकरण भइरहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया