सांसद सुनिल केसीद्वारा दशैमा आउने सबै तलब भत्ता गरिब दुखीका लागि खर्च गर्ने घोषणा

admin

काठमाडौं, २४ असोज :  राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद माननीय सुनिल केसीले दशैमा आउने सबै तलब भत्ता गरिब दुखीका लागि खर्च गर्ने घोषणा गरेका छन् ।

लामो समयदेखि समाजसेवामा आवद्ध सुनिल केसि २०७२ को भुकम्प तथा कोरोना महामारीको समयमा समेत घरघरमा राहात तथा उद्दार कार्यमा खटिएका थिए ।

काठमाडौं २ ख बाट प्रदेश सांसदमा निर्वाचित भैसकेपछि पनि अधिकांश समय समाजसेवामै बिताउने गरेका छन् ।

भुइँमान्छेहरुको आवाज बन्ने प्रयासमा लागेका सांसद सुनिल केसि स्थानियको समस्या समाधान गर्न र गुनासो सुन्न प्रत्यक मतदाताको घरघरमा समेत पुग्ने गरेका छन् ।

 

प्रतिक्रिया