कोशीमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको निर्णय

admin

काठमाडौं, २५ असोज : सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र कोशीका संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ ।


बिहीबार काठमाडौंमा बसेको गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डले जानकारी दिनुभयो ।

भवन नया बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पाण्डेले अहिलेसम्म कांग्रेसलाई गठबन्धनका तर्फबाट मुख्यमन्त्री दिइएकोमा अव माओवादी केन्द्रले कोशीको मुख्यमन्त्रीमा दावेदारी पेश गर्ने बताउनुभयो ।

यता कांग्रेस नेता शेखर कोइरालाले भने कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउनुपर्ने बताउनुभयो । यसअघि पनि कांग्रेसबाटै मुख्यमन्त्री बनेको अवस्थामा अहिले पनि कांग्रेसबाटै मुख्यमन्त्री बन्नुपर्ने उहाको भनाइ छ ।

त्यस्तै राप्रपा नेतृ रोशन कार्कीले अहिले कोशीमा मध्यावधिको अवस्था आउन नदिन राप्रपाले आवश्यक भूमिका निर्वाह गर्ने बताउनुभयो । कोशी सरकारका बारेमा शुक्रबार बैठक बसेर आवश्यक निर्णय लिइने उहाले बताउनुभयो । कोशीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारको नेतृत्वमा दाबी गर्न असोज २६ गते शुक्रबार सम्मको समय दिइएको छ ।

 

प्रतिक्रिया