एनआरएनको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढ्याे, अध्यक्षमा केसी र थापाको दाबी

admin

काठमाडौं, २८ असोज : गैर आवासीय नेपाली संघ एनआरएनको निर्वाचन प्रक्रिया अगाडी बढेको छ ।


एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको हो ।

एनआरएनको असोज ३० देखि कत्तिक ३ गतेसम्म काठमाडौंमा महाधिवेशन हुँदैछ । त्यस्तै कात्तिक २ गते २४ घण्टा अनलाइनबाट मतदान हुने निर्वाचन कार्यतालिका रहेको एनआरएनको निर्वाचन समितिका सदस्य चिरञ्जीवि ढकालले जानकारी दिनुभयो ।

एनआरएनएले पहिलोपटक अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था गरेको छ । अनलाइन मतदान हुने भएकाले मतदाताले मतदान गर्नैका लागि महाधिवेशनस्थल नेपालमा आउनु नपर्ने तर उम्मेदवारले उम्मेदवारी दिन र उम्मेदवारका प्रस्तावक र समर्थकले भने सनाखतका लागि महाधिवेशनस्थल नेपाल अनिवार्य आउनुपर्ने व्यवस्था रहेको उहाले बताउनुभयो ।

असोज २९ गतेसम्म उम्मेदवारले प्रस्तावक र समर्थकसहितको सनाखत महाधिवेशनस्थलमै उपस्थित भएर गरिसक्नुपर्ने उहाले जानकारी दिनुभयो ।

एनआरएनएको महाविधेशनमा अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्मा लगाएतले नेतृत्वको दावी गरेका छन् । महाधिवेशनमा कुल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछन् ।

प्रतिक्रिया