काठमाडौं, २९ असोज : अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएकाले छिटै लयमा आउने दावी गर्नुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रममा मन्त्री महतले अर्थतन्त्रका धेरै क्षेत्रमा सकारात्मक संकेत देखिएको भन्दै अन्तर्राष्ट्रिय परिवेश नकारात्मक नभए मुलुकको अर्थतन्त्र छिटै लयमा आउने दावी गर्नुभएको हो ।
सकारात्मक संकेत बाबजुत बाँकी रहेका अप्ठेरोहरु सवै मिलेर समाधान गर्नुपर्ने उहाले बताउनुभयो । उहाले अहिले पनि अन्तराष्ट्रिय तहमा धेरै समस्याहरु देखापरेको भन्दै यसलाई समयमा नरोके नराम्रो रुप लिन सक्ने धारणा राख्नुभयो ।
सरकारको तर्फबाट अर्थतन्त्र सुधारका लागि धेरै पहल गरिरहेको पनि उहाले बताउनुभयो । उहाले अन्तर्राष्ट्रिय तहमै आर्थिक मन्दीको स्थितिमा रहेकाले नेपाल पनि अछुतो हुन नसकेको बताउनुभयो ।