कोशी प्रदेश मुख्यमन्त्रीमा केदार कार्कीलाई भारी बहुमत

admin

काठमाडौं, कात्तिक १ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

बुधबार प्रदेशसभा बैठकमा प्रदेशसभाका दुई तिहाईबढि सांसदहरुको समर्थन सहित कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कार्कीले पेस गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

प्रदेशसभाका ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई मत दिएका थिए भने कार्कीको बिपक्षमा राप्रपाका ५ सांसदहरु रहे ।

कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ८६ सांसदले विश्वासको मतको प्रस्तावको पक्षमा मत दिएका हुन् ।

प्रतिक्रिया