यस्तो रहनेछ आजको मौसम

admin

काठमाडौं, कात्तिक ३ : देशको पहाडी भू–भागमा शुक्रबार आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन(चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यस्तै राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।

प्रतिक्रिया