प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

admin

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक विषयमा छलफल भएको छ ।

शुक्रबार सिंहदरबारमा भएको भेटवार्ताका क्रममा पछिल्लो राजनीतिक अवस्था, शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्ने लगाएतका बिषयमा छलफल भएको हो ।

शान्ति प्रक्रियाका कामलाई टुंग्याउनका लागि सहयोग गर्न प्रधानमन्त्री प्रचण्डले ओलीसमक्ष आग्रह गर्नुभएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसकोे नेपाल भ्रमण अघि भएको दुई नेताको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया