मरेलिया उन्मुलन गर्न दक्षिण-पूर्वी एसियाली देशबीच सहकार्य आवश्यक : स्वास्थ्य मन्त्री बस्नेत

admin

काठमाडौं, कात्तिक १० : स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले सरुवा रोगको जोखिमलाई न्यूनिकरण गर्न सीमा सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

मलेरिया उन्मुलन सम्बन्धी योजना र तयारी सम्बन्धी दक्षिण पूर्वी एसियाका सांसदहरुको प्राविधिक बैठकलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै मन्त्री बस्नेतले बिभिन्न रोगहरु एक देशबाट अर्को देशमा फैलन सक्ने जोखिमलाई न्यूनिकरण गर्न सीमा सहकार्य आवश्यक रहेको बताउनुभएको हो ।

मलेरियालाई पूर्ण रुपमा न्यूनिकरण गर्न देश–देशबीच सहकार्य गर्दै अघि बढ्नुपर्ने उहाको भनाइ छ । मन्त्री बस्नेतले आवश्यक स्वास्थ्य सामाग्री लगाएतको समयमा नै उचित व्यवस्था गरे मलेरिया जस्ता रोगहरुसंग जुध्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाले दक्षिण पूर्वी एसियाका सांसदहरुले पनि जोखिमयुक्त रोगहरुको नियन्त्रणका लागि एकीकृत कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया