हाँडीगाउँ जात्रा सम्पन्न

admin

काठमाडौं, कात्तिक १२ : हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने हाँडीगाउँ जात्रा सम्पन्न भएको छ ।

ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजाआराधना गरी टोलटोलमा रथ घुमाएर काठमाडौंमा हाँडीगाउँको जात्रा मनाइएको हो ।

विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्षको बडा दसैंको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंको हाँडीगाउँमा मनाइँदै आएको छ ।

यस बर्ष पनि जात्रालाइ निरन्तरता दिने क्रममा उल्लासमय वातावरणमा त्‍यहाँका युवाहरुले खटमा चढेर जात्रा मनाएका छन ।

हाडीगाउँमा निकालिएको जात्रा हेर्न सर्वसाधारणहरुको घुइचो लाग्ने गर्दछ । जात्राका दिन दर्शन र पूजाका लागि तीनवटै रथ तीनवटा भिन्न चोकमा राख्ने र घरघरबाट आएर पूजा गर्ने चलन छ ।

अन्य जात्रामा माथि गजुर र तल भगवानको मूर्ति अर्थात आकृति हुन्छ भने हाँडीगाउँको जात्रामा यसको ठीक उल्टो अर्थात तल गजुर र माथि देवताको मूर्ति राखिन्छ । खटको गजुर उल्ट्याइ देबतालाई माथि राख्ने ,मैनको फुल प्रयोग गर्ने चोक्ते नारायण जात्रालाइ नै जनजिब्रोमा हाडीगाउँको जात्रा भनिएको हो ।

प्रतिक्रिया