जनतामा छाएको निराशालाई सम्बोधन गर्न सबै दलहरु एक हुनुपर्छ : रवि लामिछाने

admin

काठमाडौं, कात्तिक १५ : रास्वपाका सभापति रवि लामिछानेले मुलुकको अवस्थाप्रति जनतामा छाएको निराशालाई सम्बोधन गर्न सवै दलहरु एक हुनुपर्ने बताउनुभएको छ ।

बुधबार एमालेले आयोजना गरेको चियापान कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले राजनीतिक परिवर्तनपछि जनतामा परिवर्तन नआएको र जनतामा निराशा छाएकोे भन्दै यसलाई सम्बोधन गर्न सवै दलहरु एक हुनुपर्ने बताउनुभएको हो ।

उहाले चियापानमा मात्रै नभई साझा फोरम बनाएर दलहरु छलफलमा जुट्नुपर्ने बताउनुभयो । उहाले रास्वपा पछि दर्ता भएर नयाँ पार्टी भएको नभई बिचार र एजेण्डाका आधारमा नयाँ भएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया