सरकारविरुद्ध युवा संघको प्रदर्शन

admin

काठमाडौं, कात्तिक १७ : सरकारको कामकारवाही जनमुखी नभएको भन्दै राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ ।

जनता मूल्यबृद्धि, कालाबजारीबाट आक्रान्त हुदा पनि सरकार मौन रहेको भन्दै युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन् ।

सरकारकै कारण मुलुकमा प्राप्त परिवर्तन धरासयी बनेको, समृद्ध नेपाल निर्माण गर्ने नेपालीको आकांक्षा अघि बढाउन नसकेको र सरकार बनेपछि एउटा पनि राम्रो काम पनि गर्न नसकेको संगठनको आरोप छ ।

विरोध प्रदर्शनपछि युवा संघका अध्यक्ष क्षितिज थेबेले सरकारले देश र जनताका लागि कुनै काम गर्न नसकेको र भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो ।

जनजिविकाका बिषयमा सरकारको पटक पटक ध्यानाकर्षण गराएपनि कुनै चासो नदेखाएकाले सरकार विरुद्ध प्रदर्शन गर्नुपरेको उहाको भनाइ छ । उहाले सरकारमा रहेकाले व्यापारिसंग साठगाँठ गरेर उपभोग्य बस्तुमा कृत्रिम अभाव भएको र मूल्यबृद्धि भएको आरोप लगाउनुभयो ।

 

प्रतिक्रिया