कोसी प्रदेशसभाको बैठक कात्तिक २० गते बस्ने

admin

काठमाडौं, कात्तिक १७ : कोशी प्रदेशसभाको बैठक आगामी कार्तिक २० गतेका लागि बोलाइएको छ ।

गत कार्तिक १ गते अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक २० गते सोमबार बस्ने भएको हो ।

प्रदेश सभा सचिवालयले सुचना टाँस गर्दै बैठकबारे जानकारी गराएको हो । प्रदेशसभाको बैठकको कार्यसूचीको भने विषय उल्लेख गरिएको छैन । कोशीमा स्थिर सरकार नभएका कारण प्रदेशसभामा पनि त्यसको असर परेको थियो ।

प्रतिक्रिया