विश्वकपमा छनोट हुँदा भाग्यमानी र गर्व लागेको छ : कप्तान पौडेल

admin

काठमाडौं, कात्तिक १७ : आईसीसी टी–२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले निकै भाग्यमानी र गर्व लागिरहेको बताएका छन् ।

शुक्रबार भएको खेलपछि सञ्चारकर्मीसंग कुरा गर्र्दै कप्ता पौडेलले सन् २०१४ को विश्वकप नेपालले खेलेको हेरेर हुर्किएको पुस्ता आफुहरु भएको भन्दै आफ्नै नेतृत्वमा आईसीसी टी–२० विश्वकपमा छनोट हुँदा निकै भाग्यमानी र गर्व लागिरहेको बताएका हुन् । नेपाललाई विश्वकपसम्म पुराउनका लागि टिमका सवैले निकै मेहतन गरेको उनले बताए ।

विश्वपकको एसिया छनोट फाइनलको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनौट भएको हो ।

प्रतिक्रिया