जाजरकोट भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या एकसय नाघ्यो

admin

काठमाडौं, कात्तिक १८ : गएरातिको भूकम्पमा मृत्यु हुनेको संख्या १२८ जना पुगेको छ ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार जाजरकोटामा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् । कतिपय ठाउँ सञ्चार सम्पर्क विच्छेद भएको, सडक भत्किएका कारण जान नसकिएको तथा दुर्गम र भौगोलिकरूपमा विकटताका कारण सुरक्षाकर्मी समयमा पुग्न नसकेकाले मानवीय तथा भौतिक क्षतिको संकलन भइरहेको सम्बन्धित जिल्लाका अधिकारीले बताएका छन् । मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।

प्रतिक्रिया