काठमाडौं, कात्तिक १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपीडितलाई राहत, पुनःस्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैलाई अपिल गर्नुभयो ।
उहाले भविष्यमा हुन सक्ने प्राकृतिक प्रकोप प्रति सरकार सजक र आवश्यक तयारीमा रहेको जिकिर गर्नुभयो ।
उहाले उद्धारका साथै घाइतेको उपचारको कमी हुन नदिने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भूकम्पपीडितलाई राहतका लागि आवश्यक निर्णय आइतबार बिहान मन्त्रिपरिषद् बैठक बोलाइएको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट भएको क्षतिको स्थलगत अनुगमनका साथै घाइतेको उद्धारका लागि आफू चढेर गएको नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइतेका उद्धार गर्नुभएको थियो ।