अर्थतन्त्र सकारात्मक बाटोमा छ : अर्थमन्त्री डा महत

admin

काठमाडौं, कात्तिक १८ :अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाएर दिगो हिसाबले आर्थिक वृद्धिमा सरकारको ध्यान केन्द्रीत रहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार संघको बार्षिकोत्सवमा अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढिरहेको भन्दै अर्थतन्त्रलाई चलायमान बनाएर दिगो हिसाबले आर्थिक वृद्धिमा सरकारको ध्यान केन्द्रीत रहेको बताउनुभएको हो ।

उहाँले सकारात्मकतर्फ उन्मुख अर्थतन्त्रलाई थप चलायमान बनाउन सबै सरोकारवाला संयमित भएर लाग्नुपर्ने जिकिर गर्नुभयो ।

नेपालका सन्दर्भमा बाह्य सूचाङ्क राम्रो रहेको र राजस्व पनि अघिल्लो वर्षको तुलनामा बढेको तथा विप्रेषण पनि बढिरेहको तथा विदेशी पर्यटक आगमन पनि बढ्नु सकारात्मक संकेत भएको उहाले बताउनुभयो ।

उहाले नेपालमा छिट्टै लगानी सम्मेलन गरेर विदेशी लगानी भित्र्याउने र स्वदेशी लगानीलाई पनि प्रोत्साहन गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो ।

अर्थमन्त्री महतले भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा सरकारका सबै संयन्त्र परिचालन गरिएको बताउनुभयो ।

त्यस्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

समग्र अर्थतन्त्रलाई नै चलाउमान बनाउन मद्दत पुराउने गरि आर्थिक गतिविधिलाई अघि बढाउनुपर्ने उहाले बताउनुभयो । कार्यक्रममा आर्थिक पत्रकारितामा योगदान गर्ने तीन पत्रकारलाई नगदसहित पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया